0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौँ । नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्थामाझ पनि कम्पनीले शेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीको निरन्तर विकास, शेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको शेयरधनीहरूले सभामा प्रशंसा गरेका छन् । सभामा अध्यक्ष अरुण कुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ८४.८६ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने ‘विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ । गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ । यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा शेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ ।’

कम्पनीका अनुसार गत वर्षजस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएका छन् । नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues