
फाइल तस्बिर
चितवन । मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् ।
राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् ।
उनको खोजी भइरहेको उनले जानकारी दिए ।
#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues