0

Makalu Khabar – Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

Share

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र गुरुङले वर्तमान निर्वाचन प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्याहरूको समाधान गर्न नसकिने टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री गुरुङ यस्तो टिप्पणी गरेका हुन् ।

उनले २१ फागुनमा हुने निर्वाचनले मुलुकलाई स्थायित्व नदिने तथा जेन–जी आन्दोलनका मागहरूलाई समेत सम्बोधन गर्न नसक्ने जिकिर गरे । उनले आयोग र दलहरूसँगे राप्रपाले संविधानभन्दा देशलाई केन्द्रमा राखेर छलफल गरेको बताए । वर्तमान संसदीय प्रणाली, राज्य र संरचना र संविधानबाट मुलुकमा देखिएका सामाजिक तथा राजनीतिक समस्याहरू समाधान गर्न नसकिएको धारणा छलफलमा राखेको उनको भनाइ छ । सबै अट्ने र सबैसँग मिलेर जाने संरचना निर्माण गर्न सकेमात्र मुलुक सही दिशामा अघि बढ्ने उनको दाबी छ ।

उनले भने ‘अहिले संविधानको भन्दा पनि देशको चिन्ता गर्नुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोण रह्यो । फागुन २१ मा हुने निर्वाचन निर्वाचनको लागि मात्रै हो भने त्यो निर्वाचनको माध्यमबाट स्थायित्व आउँदैन । अहिलेका समस्याहरू समाधान हुँदैनन् । भदौ २३ र २४ गते देखिएका आएका भावहरूलाई सम्बोधन हुँदैन । २०७९मा जुन प्रक्रिया अपनाएर निर्वाचन भयो २०८२ मा पनि त्यही प्रक्रिया समाएर हुने निर्वाचनले देशको समस्या र जेन—जी आन्दोलनको भावलाई सम्बोधन गर्दैन । र यसले मुलुकलाई स्थायित्व दिँदैन भन्ने दृष्टिकोण हामीले राख्यौँ । यी नै विषयहरूमा छलफल भयो र हाम्रो पार्टीले संविधानभन्दा पनि देशलाई केन्द्रबिन्दुमा राख्नुभयो । सबै अट्ने र सबैलाई बचाएर लैजाने मार्गचित्रले मात्र देश जोगिन्छ । र भदौ २३ र २४ को जुन आन्दोलन छ । निर्वाचनले आन्दोलनको सतही मागहरू मात्र सम्बोधन गरेर पुग्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यो संरचनाबाट, यो चुनावी प्रक्रियाबाट र यो संविधानबाट नेपाली जनता र नेपालको सम्बोधन गर्दैन भनेर आफ्नो मार्गचित्र प्रस्तुत गरेको थियो । त्यो भदौ २३ र २४ को आन्दोलनले पुष्टि गरेको छ । त्यो मार्गतर्फ हिडौं भनेर दल र निर्वाचन आयोगलाई अनुरोध गर्ने काम गरेका छौँ ।’

संविधानभन्दा देशलाई माथि राखेर अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको पनि महामन्त्री गुरुङले बताए ।

#Makalu #Khabar #Nepals #Trusted #News #Portal #Politics #Education #Health #Entertainment #Sports #Social #Issues